Comments Add Comment

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

बैठकमा पार्टी पुनर्गठन प्रक्रिया र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्न लागेको पहिलो पटक हो । सर्वोच्चको फैसलासँगै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र व्युँताउने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment