+
+
Shares

संसद बैठक सुरु नहुँदै बाहिरिए प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २६ गते १३:१४

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका छन् ।

प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिरिएका हुन् ।

बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै भने, ‘यति भए भैगो नि !’

प्रधानमन्त्री बाहिरिनुको कारणबारे पत्रकारहरूलाई जानकारी दिँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘आजको बैठक एकदम औपचारिक मात्रै हो भन्ने जानकारी थियो, त्यो औपचारिक बैठक पनि सुरु हुन अलिकति ढिलो हुने भएपछि उहाँ आफ्नो पूर्वनिर्धारित कार्यक्रमका लागि यहाँ उपस्थिति जनाएर जानुभयो ।’

यही फागुन २३ गते पनि प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?