Comments Add Comment

पश्चिम नेपाल बस व्यवसायीको चुनावमा वामपन्थी र प्रजातान्त्रिक प्यानल

२६ फागुन, बुटवल । देशकै ठूलो पश्चिम नेपाल बस व्यवसायी प्रालिको नेतृत्वका लागि वामपन्थी र नेपाली कांग्रेस निकट व्यवसायीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

प्रालिको यही फागुन २८ र २९ गते हुने पहिलो अधिवेशनमा दधिराम खरेलको नेतृत्वमा नेकपा एमाले र माओवादी केन्द्र निकट व्यवसायीहरुले संयुक्त उम्मेदवारी घोषणा गरेका छन् । यस्तै प्रजातान्त्रिक समूहको तर्फबाट पदम गाहा मगरको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ ।

दुवै प्यानलले बुधबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । खरेलले यसअघि तीन कार्यकाल संघको नेतृत्व गरिसकेका छन् । खरेलको नेतृत्वमा नारायणप्रसाद घिमिरे, जीवनकुमार बन्जाडे, गोपाल पौडेल, रामचन्द्र भुसाल, नारायण बेल्वासे, मोहन पीएस, कृष्णप्रसाद सापकोटा, जितेन्द्र खत्री, ऋषिराम डुम्रे र कुस्माखर रेग्मीले उम्मेदवारी दिएका छन् । उता पदम गाहा मगरको नेतृत्वमा प्रालिको सुरेन्द्र श्रेष्ठ, रमेशप्रसाद अधिकारी, नारायणप्रसाद भण्डारी, कृष्णप्रसाद पाण्डे, रुक्मांगत पाण्डे, कृष्णप्रसाद बेल्वासे, लालबहादुर गुप्ता, शोभाकर भण्डारी, प्रेम गौचन र दीपेन्द्र श्रेष्ठले सञ्चालकमा उम्मेदवारी घोषणा गरेका छन् ।

वामपन्थी प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार दधिराम खरेलले प्रालिमा गएपछि त्यहाँ रहेका अव्यावहारिक ऐन र कानुन संशोधन गर्न आफ्नो समूहले पहल गर्ने बताए ।
प्रजातान्त्रिक प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार पदम गाहा मगरले बीमा, कर्मचारी व्यवस्थापन र यातायात व्यवसायलाई मर्यादित बनाउने आफूहरुको एजेण्डा रहेको बताए । पश्चिम नेपाल बस व्यवसायी प्रालिमा करिब २५ सय बस व्यवसायी आवद्ध छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment