Comments Add Comment

‘प्रकाश’को शुभमुहुर्तसँगै छायांकन प्रारम्भ

चलचित्र ‘प्रकाश’को शुभमुहुर्त गरिएको छ । मनकामना मन्दिर पुगेर चलचित्रका कलाकार, प्राविधिकले पूजा गरेका छन् । चलचित्रको पूजा गरेसँगै यसको टिम छायांकनका लागि जुम्ला प्रस्थान गरेको छ । दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्रमा प्रदिप खड्का, रेनु योगी, दिया मास्के लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रले एक यूवकको सरकारी शिक्षक बन्ने सपनाको कथालाई भन्ने निर्माणपक्षले बताएको छ । बिनिष इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई महेन्द्र अधिकारीले लगानी गर्न लागेका हुन् ।

मनकामनामा निर्देशक दिनेश राउत, नायक प्रदिप खड्का, नायिका रेनु योगी, कलाकार दिया मास्के लगायत उपस्थित थिए । विकास सुवेदीले यो चलचित्रको कथा लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment