Comments Add Comment

सामसङको नयाँ रेफ्रिजेनेरेटर नेपालमा, जसले सहजै दही बनाउँछ

इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै नेपाली बजारमा Curd Maestro™  रेफ्रिजेनेरेटर बजारमा ल्याएको छ । यस रेफ्रिजेनेरेटर खानेकुरालाई सुरक्षित मात्र नभइ आवश्यकता अनुसार दही आफैले घरैमा बनाउन समेत सकिन्छ ।

यो फ्रिजले पाँच देखि ६ घण्टामा सहजै दही तयार गर्न सक्नेछ । नेपालीहरुको यस्तै अवश्यकतालाई मध्यनजर गर्दै नेपालमा यो फ्रिजको बिक्री बितरण सुरु गरिएको कम्पनीले जनाएको छ ।

‘फ्रिजबाट कन्टेनरलाई झिक्नुहोस्, त्यसमा मनतातो दुध राख्नुहोस् र केही कल्चर राम्ररी घोलेर पुनः त्यस कन्टेनरलाई राख्नुहोस् । यस पछि कर्ड अप्सनलाई छनौट गर्नुहोस् । रेफ्रिजेरेटरले आवश्यक फर्मेन्टेशन गरी दही बनाउन आवश्यक तापक्रम सिर्जना गर्दछ र मीठो दही तयार गर्दछ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसबाट जस्तोसुकै मौसममा पनि एकनासको दही बनाउन सकिने छ । यो रेफ्रिजेनेरेटर २५३ लिटर र ३१५ लिटरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको मूल्य . ६३,९९० देखि ७८,९९० रुपैयाँसम्म तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment