Comments Add Comment

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, एमालेमा लागेका नेतालाई कारबाही गर्ने तयारी

२९ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ । पार्टी छोडेर नेकपा एमालेतिर लागेका नेताहरु बारे छलफल गर्न बैठक बसिरहेको हो ।

रामबहादुर थापा बादल सहित २३ जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनयन गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरु बोलाएर थापालाई बागमतीको इन्चार्ज दिने निर्णय समेत ओलीले गरेका छन् ।

लगत्तै, अहिले बिहान माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाएको हो । ओलीतिर लागेका नेताहरुलाई पार्टीमा र्फकन माओवादीले आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment