Comments Add Comment

छुटेका सांसदलाई आज कोरोना खोप लगाइँदै

२९ फागुन, काठमाडौं । कोरोना खोप लगाउन छुटेका संघीय सांसदहरुलाई आज खोप लगाइँदैछ ।

यसअघि यही फागुन १९, २० र २१ गतेका दिन सांसद र संसदका कर्मचारीहरुका लागि खोप लगाउने कार्यक्रम तय गरिएको थियो ।

विभिन्न कारणले उक्त दिनमा छुटेकाहरुलाई आज खोप लगाउन लागिएको संसद सचिवालयले जानकारी दिएको छ ।

खोप आज शनिबार १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइनेछ ।

आज अघिल्लो पटक छुटेका सांसदसहित संसदका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीलाई खोप लगाइने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment