
२९ फागुन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतर्फका स्थायी कमिटी सदस्यहरुको बैठक जारी छ । बानेश्वरस्थित एक होटलमा बैठक बसिरहेको छ ।
एघार बजे बोलाइएको केन्द्रीय सदस्य एवम् सांसदहरुको बैठकमा प्रस्तुत हुने एजेण्डाबारे छलफल गर्न स्थायी कमिटीका सदस्यहरुको बैठक बसिरहेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल तर्फका नेताहरुलाई भूमिकाविहीन बनाउने र पदाधिकारी खारेज गर्ने निर्णय गरे यो समूहले समानान्तर कमिटी बनाउने घोषणा गरिसकेको छ ।
ओलीको निर्णय अस्वीकार गर्ने निष्कर्ष निकालेको यो समूहले केन्द्रीय कमिटी सदस्य र सांसदहरु सहित बसेर थप योजना बनाउने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4