Comments Add Comment

ओलीको साथ छाडेर माओवादी केन्द्रमा फर्किंदैनौ : मन्त्री रायमाझी

२९ फागुन, काठमाडौं । नेकपा (एमाले)का नवमनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको जिकिर गरे ।

आफूहरु सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकाले ओलीको साथ कुनै हालतमा नछाड्ने उनले स्पष्ट पारे । ‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होइन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन ।’ उनले भने ।

प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेको दाबी गर्दै रायमाझीले आफूहरु एमाले पार्टीभन्दा पनि ओलीको विचारको पछि लागेको बताए । उनले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दा पनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी गरे ।

मन्त्री रायमाझीले अब आफूहरु कुनैपनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने दाबी गरे । उनले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठो मात्रै बाँकी भएको पार्टी’ को संज्ञा दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment