२ चैत, काठमाडौं । फ्रेन्च लिग वान फुटबलको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) अग्रता जोगाउन नसक्दा घरेलु मैदानमै नान्टेसंग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा पीएसजी नान्टेससँग २-१ ले पराजित भएको हो । पीएसजीले घरेलु मैदानमा पहिले अग्रता बनाएपनि नान्टेले पुनरागमन गर्द जित हात पारेको हो ।
खेलको ४२औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा नान्टेले दुई गोल फर्कायो ।
५९औं मिनेटमा रान्डल कोलो मुआनीले नानटेका लागि बराबरी गोल फर्काए । त्यसपछि ७१ औं मिनेटमा मोसेस सिमोनले गोल गर्दै नान्टेसलाई २-१ गोलको जित दिलाए ।
यस सिजन लिगमा पीएसजीको यो सातौं हार हो । यस हारपछि पीएसजीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । २९ खेलबाट ६० अंकसहित पीएसजी दोस्रो स्थानमै छ ।
मोनाकोसँग गोलरहित बराबरी खेलेको लिले ६३ अंकसहित शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4