२ चैत, काठमाडौं । कप्तान विराट कोहली र डेब्युटान्ट इशान किशनको अर्धशतक मद्तमा घरेलु टोली भारतले दोस्रो टी-२० क्रिकेटमा इंग्ल्यान्डलाई सहजै पराजित गर्दै पाँच खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।
अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १६५ रनको लक्ष्य भारतले १७.५ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्यो ।
भारतको जितमा डेब्यु ब्वाए किशन र कप्तान विराट कोहलीले अर्धशतक प्रहार गरे ।
डेब्युमै अर्धशतक बनाउने क्रममा ओपनिङ गरेका किशनले ३२ बल खेल्दै ५ चौका र ४ छक्काको मद्दतमा ५६ रन बनाए ।
कप्तान कोहलीले ४९ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा अविजित ७३ रन जोडे । यस्तै ऋषभ पन्तले २६ रन जोडे । ओपनर केएल राहुल खाता नखोली आउट भए । श्रेयस एयरले ८ रनमा अविजित रहे ।
इंग्ल्यान्डका साम करन, आदील राशिद र क्रिस जोर्डनले १-१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।
इंग्ल्यान्डका लागि ज्यासनन रोयले सर्वाधिक ४८ रन बनाए । यस्तै कप्तान इयान मोर्गन २८, बेन स्टोक्स र डेविड मालनले समान २४, जोनी बेयर्स्टोले २० रन बनाए ।
भारतका सार्दुल ठाकुर र वासिङ्गटन सुन्दरले २-२ विकेट लिए । युजभेन्द्र चाहल र भुवनेश्वर कुमारले समान १ विकेट लिए ।
प्रतिक्रिया 4