Comments Add Comment

नेप्से परिसूचक घट्ने क्रम रोकिएन, कारोबार रकम पनि सुस्तायो

२ चैत, काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ । आइतबार ५१ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि १८ अंकले घटेको छ । होट तथा पर्यटन, व्यापार, उत्पादन र लगानी समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढेको छ भने अधिकांशको सेयर मूल्य घटेको छ ।

नेप्से परिसूचक १८ दशमलव ०७ अंक्ले घटेर २ हजार ३ सय ८९ दशमलव १९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ०७ अंकले घटेको छ । नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सूस्ताएको छ । आइतबार करिब ५ अर्ब रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब करिब २५ करोड रुपैयाँ मात्रैको सेयर कारोबार भएको छ ।

दिनभर भएका ५२ हजार ३ सय ९ कारोबारबाट २१२ कम्पनीको ९६ लाख ४ हजार ५२९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँको कारोबार भएको छ ।

हेर्नुस् कुन–कुन कम्पनीले कमाए ? कुनले गुमाए ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment