+
+
Shares

म्यानमार दूतावास अगाडि शान्ति समाजको विरोध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २ गते १६:३८

२ चैत, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित म्यानमार दूतावास अगाडि मानव अधिकार तथा शान्ति समाजले सोमबार विरोध प्रदर्शन गरेको छ । म्यानमारमा सैनिक सत्ताद्वारा भइरहेको हत्या र दमनको विरोधमा शान्ति समाजले प्रदर्शन गरेको हो ।

सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन, हत्या तथा दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाहकार एवं निवर्तमान सभापति उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई लगायतको सहभागिता रहेको थियो ।

यसैगरी चितवन, बागलुङ, रुपन्देही, तेह्रथुम, पाल्पा र संखुवासभामा पनि प्रदर्शन गरिएको शान्ति समाजले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?