Comments Add Comment

चैत ११ देखि सुर्खेतमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

२ चैत, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

आयोजक चुली युवा क्लबले सोमबार पत्रकार सम्मेलन गरी चैत ११ देखि १४ गतेसम्म वीरेन्द्रनगरमा ‘प्रथम चुलीकप’ प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने जानकारी दिएको छ । कोरोना महामारीका कारण लामो समय खेलकुदका गतिविधि सुस्त भएको बेला आफूहरुले प्रतियोगिता सञ्चालन गरेर प्रदेशको खेलकुद क्षेत्रलाई चलायमान बनाउने प्रयास गरेको क्लबका अध्यक्ष महेश जीसीले बताए ।

जिल्ला खेलकुद विकास समितिको मैदानमा हुने प्रतियोगिता ‘लिक आउट फर्म्याट’मा सञ्चालन हुने आयोजकले जनाएको छ । अध्यक्ष जीसीका अनुसार प्रतियोगितामा देशभरका जुनसुकै क्लबले पनि सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँ पाउनेछ । यस्तै तेस्रो हुने टिमले एक लाख र सान्त्वना स्थान प्राप्त गर्ने टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।

भलिबल प्रतियोगिता सञ्चालनका लागि निजी क्षेत्रबाट आर्थिक सहयोग भएको क्लबका अध्यक्ष जीसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment