Comments Add Comment

क्यामरुनी क्लब शहीद स्मृति राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा

३ चैत, हेटौंडा । क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन क्लब हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

उसले मंगलबार हेटौंडामा भएको खेलमा सर्लाहीको वाग्मती युवा क्लबलाई २– १ ले पाखा लगायो ।

२५ औं मिनेटमा विदेशी खेलाडी स्टेफन समीरको गोलबाट वाग्मतीले अग्रता लिएको थियो । तर अन्तिम ३ मिनेट सम्हालिन नसक्दा वाग्मती पराजित हुन पुग्यो ।

८९ औं मिनेटमा क्यामरुनका लागि बेससेकले बराबरी गोल फर्काए । ९२ औं मिनेटमा लोइसले गोल गरेपछि अफ्रिकन रुट्स एशोसिएसन विजयी भयो । वाग्मती युवा क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि अफ्रिकन रुट्सले शारीरिक बनावट र नेपाली खेलाडीको होचोपनको फाइदा उठाएको बताए ।

उनले ८० मिनेटपछि खेलाडीहरु आत्तिएको कारण पराजित हुन पुगेको बताए । यस्तै विदेशी टोलीका म्यानेजर अशोक थापाले लगातार ५ हजार किलोमिटर हवाई यात्रा गरेर नेपाल आउँदा खेलाडीहरुले सोचे अनुसार खेल्न नसके पनि जितले खुशी मिलेको बताए ।

सेमिफाइनलमा बुधबार मछिन्द्र क्लबले आयोजक रिगल रिसोर्ट मकवानपुर–११ सँग खेल्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ ।

त्यस्तै विधागत उत्कृट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment