Comments Add Comment

चलचित्र पत्रकार संघ नेपालले सुरु गर्यो ‘कल्याणकारी कोष’

चलचित्र पत्रकार संघ नेपालले आफ्नो २१ औं साधारण सभाको अवसर पारेर ‘कल्याणकारी कोष’को सुरुवात गरेको छ । यसको औपचारिक घोषणा भने जेठ ७ गते गरिनेछ । संघले ६० बर्ष माथिका चलचित्र पत्रकारहरुलाई ६ हजार मासिक भत्ता दिने समेत बताएको छ । संघले जेठ ७ गतेसम्म कल्याणकारी कोषमा १० देखि २० लाख रुपैयाँ जम्मा गर्ने योजना लिएको छ ।

चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले चलचित्र पत्रकारहरुको हकहितका लागि संस्था सधै नै लाग्ने बताए । यस्तै, महासचिव समिर बलामीले संघले गरेका कामको विवरण सार्वजनिक गर्दै दिर्घकालिन योजना समेत सुनाएका थिए ।

संघको साधारण सभाको उद्घाटन संचार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले गरेका थिए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको साथमा विभिन्न संस्थाका पदाधिकारी, चलचित्र पत्रकार संघका पदाधिकारी लगायतको उपस्थिती थियो ।

चलचित्र पत्रकार संघले आफ्नो २१ औं साधारण सभामा विधान समेत संसोधन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment