Comments Add Comment

डोल्पामा डोजर दुर्घटनामा परी एकजनाको मृत्यु, एकजना घाइते

४ चैत, काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-२ रुम गाउँ नजिकै डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकजना घाइते भएका छन् ।
सुलिगार्ड–फोक्सुण्डो सडकखण्डमा बाटो खन्ने क्रममा बुधबार बिहान करिब ६ बजे डोजर दुर्घटना भएको हो ।

दुर्घटनामा जाजरकोटको नलगाड नगरपालिका–११ का १७ वर्षीय हेमराज सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले जानकारी दिए । यस्तै त्रिपुरासुन्दरी–११ का १५ वर्षीय एकराज बुढा घाइते भएका छन् । उनको हात खुट्टामा चोट लागेको छ । एकराजलाई उपचारका लागि त्रिपुराकोटतर्फ ल्याउँदै गरेको डीएसपी पाण्डेले बताए ।

डोजर चालक अनमोल सिंह फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । डोजर सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment