+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

अचाक्ली भयो, जहिले पनि भाँडभैलो हुन सक्दैन : ओली

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३ गते २०:५२
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा नजान पार्टीका नेता-कार्यकर्तालाई निर्देशन गरेका छन् । पार्टी अनुशासन उल्लंघन गरे विधान र दलसम्बन्धी कानूनअनुसार कारबाही गर्ने उनले चेतावनी दिए ।

पार्टीका केन्द्रीय सदस्यहरुका लागि मंगलबार सरकारी निवास बालुवाटारमा आयोजित चियापान समारोहमा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहको नाम नलिई केही मानिसहरुले भेला आयोजना गर्दैछन्, प्रतिवेदन पास गर्दैछन् भन्ने सुनेको बताए ।

पार्टीको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गरेका छन् ।  त्यसतर्फ लक्षित गर्दै ओलीले अराजकता, अनुशासनहीनता र एकताविरोधी क्रियाकलाप स्वीकार्य नहुने बताए । उनले अघि भने , ‘अचाक्ली भो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, जहिले पनि भाँडभैलो हुन सक्दैन ।’

अब पार्टीमा सबैले अनुशासित र विचारमा केन्द्रित भएर काम गर्नुपर्ने अध्यक्ष ओलीले बताए । उनले भने, ‘अनुशासनहीन भयो भने पार्टीको विधान छ, देशको कानून छ, संसद नियमावली छ, दलसम्बन्धी कानून छ, यो सबैतिर ध्यानाकर्षण गराउँछु ।’

आफूहरुले अराजक नभई सभ्य र अनुशासित समाज खोजेको र त्यसका लागि सभ्य र अनुशासित पार्टी चाहिने भन्दै ओलीले आफ्नो अहम तुष्टिका लागि मनपरी गर्दै हिँड्ने छुट कसैलाई नभएको बताए । ‘कानूनभन्दा माथि केही पनि छैनन्’ उनले अघि भने ।

ओलीले गुटगत भेलामा नजान र एकताको पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई सचेत गराएका छन् । ‘यस पार्टीमा कसैमाथि अन्याय हुँदैन, ठूलठूला अपराध भएका छन्, तर पनि फराकिलो हृदय लिएका छौं । लिन्छौं पनि’ उनले अघि भने, ‘एकदम अपराध गर्नेहरुलाई पनि स्वागत छ त भन्दिन, तर स्वीकार गर्छौं ।’ आत्मालोचना गरेर पार्टीमा आउनसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?