+
+

माधव समूहलाई ओलीको प्रश्न : कसको चियापानमा पाए जानुहुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३ गते १३:३५

३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चियापान बहिस्कार गर्ने नेताहरुलाई कसको चियापानमा पाए जानुहुन्छ भनेर प्रश्न गरेका छन् ।

चैत ७ गते पार्टी केन्द्रीय कमिटीको बैठक राखेका ओलीले पार्टी केन्द्रीय सदस्यहरुका लागि मंगलबार चिपायान कार्यक्रम राखेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रम माधवकुमार नेपाल समूहका नेताहरुले बहिस्कार गरेका छन् ।

चियापान कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत ओलीले एकथरी अनुहारका साथीहरु नदेखिएको बताए ।

‘हिजो बेलुका मैले सुनेँ, बैठक बसेर निर्णय गर्नुभयो पार्टीको चियापानमा नजाने रे’ उनले अघि भने, ‘पार्टी अध्यक्ष–प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको चियापानमा पाए जानुहुन्छ ?’

उनले अघि भने, ‘हुन त सबैलाई थाहा छ, नभनौं ।’

यद्यपि ‘बहिस्कारको निर्णय गर्नु भएको होइन होला, कुनै कारणवश आउन भ्याउनुभएन होला’ भन्ने ठानेको ओलीले बताए । उनले अघि भने, ‘तर भोलिको राष्ट्रिय भेला गर्नुहुन्छ कि गर्नु हुन्न ? कति तमासा गर्नुहुन्छ त्यता चाहिँ एक नजर राखिनेछ ।’

एमालेकाे झलनाथ खनाल-माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते आफ्नफ समूहको राष्ट्रिय भेला आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?