Comments Add Comment

निफ्रालाई नेप्सेले सोध्यो स्पष्टीकरण

४ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नेपाल इन्फ्रास्टक्ट्रचर बैंक (निफ्रा) लाई लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने विषयमा स्पष्टीकरण सोधेको छ । केही दिनअघि निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका थिए ।

सीईओको यो भनाई सञ्चार माध्यमहरुमा प्रकाशन भएपछि नेप्सेले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । नेप्सेका कामु सहायक प्रवन्धक सुवोध ढुंगेलले तीन दिनभित्र लिखित जवाफ पेश गर्न पत्राचार गरिएको बताएका छन् ।

यसमा केकति सत्य हो ? भन्दै नेप्सेले निफ्रालाई प्रश्न सोधेको छ । यसैगरी आगामी वर्ष १० प्रतिशत लाभांश दिने भन्दै भएको प्रचारबारे पनि नेप्सेले स्पष्टीकरण सोधेको छ ।

यस्ता सूचनाहरुले कम्पनीको सेयर मूल्यमा प्रभाव पार्छ । सेयर मूल्यमा प्रभाव पार्नसक्ने निर्णय गरे त्यसको २४ घण्टाभित्रै नेप्सेलाई जानकारी दिनुपर्ने व्यवस्था छ । तर सम्बन्धित निकायभन्दा बाहिरबाट यस्तो विषय बाहिर आएको भन्दै नेप्सेले स्पष्टीकरण सोधेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment