+
+
Shares
माधव नेपाल समूहको प्रश्न :

‘अध्यक्षचाहिँ कारबाहीको भागीदार हुने कि नहुने ?’

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ३ गते २०:२०

३ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी फुटको गतिविधि अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको बताएको छ ।

भोलिदेखि सुरू हुने राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले नै विधान विपरीत गुटको भेला गरेको र विभिन्न निर्णय गरेको बताए ।

‘अदालतले एमालेलाई ब्युँताइदियो, ब्युँतिएको एमाले पूर्ववत रुपमा जहाँबाट ब्युँतियो त्यहीँबाट आरम्भ गर्नुपर्ने हो, त्यसभन्दा अन्य गतिविधि गर्नु पार्टीको विधान विपरीत काम कारबाही हो’ उनले भने, ‘त्यो कामकारबाहीहरु कारबाहीयोग्य छ । जब आफैं गलत आधारमा खडा भएको अध्यक्षले अरुलाई कारबाही गर्छु भन्न सुहाउने कुरा भएन ।’

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रममा ओलीले पार्टीमा अचाक्ली भाँडभैलो गरेको भन्दै सह्य नहुने बताएका थिए ।

तर माधव नेपाल समूहका नेता पाण्डेले विधान विपरीत काम गर्ने अध्यक्षचाहिँ कारबाहीको भागीदार हुन्छ कि हुँदैन भनी प्रश्न गरे । ‘पार्टी विधान विपरीत काम गर्ने अध्यक्ष पनि कारबाहीको भागी हुने हो कि होइन  ? अध्यक्षचाहिँ त्यसबाट मुक्त हुन्छ, अरु कारबाहीको भागी हुन्छन् भन्ने हुँदैन’ उनले भने ।

नेता पाण्डेले पार्टी विभाजनको गतिविधि ओलीले सुरु गरेको बताए । ‘पार्टी विभाजनको प्रारम्भ ओली कमरेडले गर्नुभएको हो । संसदको विघटन गरिसकेपछि त्यसबेला नेकपा एमालेको नयाँ कमिटी भनेर कमिटी बनाउन आरम्भ गरेको उहाँले हो, अस्तीको बैठकले पुराना काम कारबाही मान्य हुन्छ भन्नु … विभाजनको प्रारम्भ उहाँले गर्नुभयो’ पाण्डेले भने ।

अध्यक्ष ओलीले आफुखुशी गतिविधि गर्ने, सर्वोच्च अदालतको फैसला कार्यान्वयन अस्वीकार गर्ने र पार्टीलाई विभाजनतिर लैजाने प्रयास गरेको  नेपाल समूहको आरोप छ ।

पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले ओलीका गतिविधिविरुद्ध आफूहरु दृढतापूर्वक उभिएको र राष्ट्रिय भेलामार्फत आधारभूत तहसम्म यो सन्देश पुर्‍याउने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?