Comments Add Comment

ओलीलाई वामदेवको सुझाव : प्रचण्डसँग कुरा गर्नुहोस्, वाम सरकार जोगाउनुहोस्

३ चैत, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले अझै पनि वाम सरकार बचाउनुपर्ने बताएका छन् । आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले माओवादी केन्द्र सहितको सरकार बनाउनुपर्ने बताए ।

वाम सरकार बनाउन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहलकदमी अगाडि बढाउनुपर्ने गौतमले बताए । ‘वाम सरकार भनेको एमाले र माओवादीको सरकार हुनेछ । प्रचण्डलाई बोलाएर छलफल गर्नुहोस्’, गौतमको सुझाव छ । एमाले र माओवादी केन्द्र ब्युँताउने अदालतको फैसलापछि पनि वाम गठबन्धनको संभावना रहेको उनको भनाइ गौतमको भनाइ छ ।

अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग भएपनि आफ्नो अभियान नरोकिने गौतमले बताए । ‘नेपालका सबै कम्युनिष्ट पार्टीलाई पार्टीगत एकता गर्न नसकेपनि राजनीतिक संयुक्त मोर्चामा ल्याउन सफल हुनेछ भनेर अगाडि बढेको छु । म सफल हुन्छु’, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता प्रक्रिया भंग भएपछि गौतमले आफ्नो अभियानको नाम पनि फेरेका छन् । यो अभियानका सचिव बाबुराम थापाले एमाले एकताबद्ध बनाउनुपर्ने भएकाले नाम एमाले राखिएको बताए । बैठकलाई सम्बोधन गर्दै गौतमले दुई खेमामा विभाजित एमालेलाई एकताबद्ध गराएरै छोड्ने बताए ।

‘केपी ओली र माधव नेपालको वार्ता सुरु भइसक्यो’, उनले भने । एमाले एकताबद्ध बनाउन अध्यक्ष ओलीकै महत्वपूर्ण भूमिका हुने पनि गौतमले बताए । अदालतको फैसलालगत्तै एकताबद्ध पार्टी बनाउन आह्वान गर्नुपर्ने ओलीले उल्टै पुनर्स्थापित एमालेका पदाधिकारी हटाएर समस्या ल्याएको उनले बताए ।

गौतमले ओलीलाई पुनर्स्थापित एमालेको विधान, संगठनात्मक संरचना र प्रणालीअनुसार, पार्टी चलाउन सुझाव दिए । यी सवै शर्त पूरा गरेमा ओलीलाई साथ दिन आफू तयार भएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment