Comments Add Comment

नेपाल समूहको भेलाले ३ महिनाको योजना बनाउने

४ चैत, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले काठमाडौँमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको योजना बनाउने भएको छ ।

ललितपुरको हेरिटेज होटलमा जारी वृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकतावद्ध गर्दे स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्न लागेको हो ।

मंगलबार सुरु भेलामा आज पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गरिनेछ । १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरि भोलीको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि योजना बनाउने र त्यसलाई सभाले पारित गर्ने नेता गंगालाल तुलाधरले जानकारी दिए  ।

मूलभूत रुपाम वर्तमान परिवेशमा पार्टी एकता कायम गरी नेतृत्वको स्वेच्छाचारी कदम विरुद्धका अन्तरसंघर्षहरुलाई रणनैतिक रुपमा कार्यभारमा समावेश गरिने पनि उनले बताए  । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पुनः सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापहरुले पार्टी एकता भाँडिने संकेत देखिएकाले आफूहरु कार्यकर्ता भेला गरि उनीहरुको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको उनले उल्लेख गरे  ।

माधव कुमार नेपाल समूहले काठमाडौँमा जारी राष्ट्रिय कार्यकर्ता भेलाबाट आगामी ३ महिनाको योजना बनाउने भएको छ ।

उनले भने, ‘एकपक्षीय ढंगले स्वेच्छाचारी, दम्भ र घमण्डी स्वभावलाई देखाउँदै पार्टी अध्यक्ष केपी ओलीले जुन प्रकारका हर्कतहरु देखाउन थाल्नुभयो, त्यसले पार्टी एकता भाँडिने संकेत देख्यौँ। पछिल्लो श्रृंखला भनेको २८ गते केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी खोस्ने, एकपक्षीय रुपबाट पदाधिकारी सदस्य थपेको घोषणा गर्ने र कयौलाई पार्टी जिम्मेबारीबाट हटाउने र कारवाही गर्ने भन्नेस्थिति आएपछि हामी यो निष्कर्षमा पुग्यौ कि पार्टी जोगाउने हो भने स्वेच्छाचारी कदमको विरोधमा उत्रनु पर्दछ । यो पार्टीलाई एकतावद्ध गरेर लैजाने हो भने हैकमवादी प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ । त्यस्तो खालको कुरा महसुस भइसकेपछि हामी यो ठाउँमा आइपुगेका हौँ । ”

उनले एकताका साथ अघि बढ्नका लागि भेलाले उर्जा दिने विश्वास आफुहरुले लिएको बताए। उनले भेलामा भएको कार्यकर्ताको उपस्थितिले पार्टी अध्यक्ष ओलीको कामकारवाहीहरु कुनैपनि हालतमा सर्वस्वीकार्य छैन र विरोध योग्य छ भन्ने संदेश पनि देशव्यापी रुपमा प्रवाहित गरेको दाबी गरे  ।

पार्टी अध्यक्षले गुटगत भेलामा सहभागी भए कारवाही गर्ने बताइरहेका बेला पार्टी एकताका लागि जुनसुकै परिणाम भोग्ने मानसिकतामा नेता-कार्यकर्ताहरु भेलामा सहभागी भएको पनि उनले बताए  ।

उनले भने, ‘उहाँले कति कारवाही गरेर जानुहुन्छ, त्यो पनि हामी हेर्नेवाला छौँ। हामी उहाँलाई भन्न चाहन्छौँ, तपाई कारवाही गरेर देखाउनुहोस् । आजदेखि हामी कारवाहीका लागि लामबद्ध हुदैँछौँ । २५ सय कार्यकर्ताहरु यहाँ लामवद्ध भएर । केपी ओली कमरेडलाई हामी भन्न चाहन्छौ तपाई कारवाही गरेर देखाउनुहोस् । कारवाही गर्दे जाने हो भने त उहाँ पनि बाँकी रहनुहुन्न नि त । उहाँ भोलि गएर ऐया पनि भन्न नसक्ने अवस्थामा पुग्नुहुन्छ । ”

उनले वृहत्तर बामपन्थी एकताबाट च्यूत हुनुहुदैन भन्ने मानसिकताले आफूहरु अगाडि बढ्दै गरेको अवस्थामा अध्यक्ष ओलीबाट एमाले पनि एकताबद्ध भएर अघि बढ्न नसक्ने परिस्थिति सृजना हुनु दु:खद भएको प्रतिक्रिया दिए  ।

विभाजित हुन नपरोस भन्ने मनोविज्ञान कार्यकर्तामा देखिएको भएपनि नेतृत्वले विभेदपूर्ण व्यवहार गरेकाले समस्या भएको भन्दै उनले कुनै पनि कार्यकर्ता नेतृत्ववाट अपमानित भएर बस्न नसक्ने बताए   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment