+

सुमिना र वर्ल्ड युथ बक्सिङ च्याम्पियनसिपमा छनोट

२०७७ चैत  ४ गते १८:५७ २०७७ चैत ४ गते १८:५७
सुमिना र वर्ल्ड युथ बक्सिङ च्याम्पियनसिपमा छनोट

४ चैत, काठमाडौं । सुमिना खड्का आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि ६० केजी तौल समूहमा छनोट भएकी छन् ।

आरडीएस क्लबकी सुमिनाले बक्समाण्डौकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डको खेलमा अंकका आधारमा ४–१ ले हराउँदै छनोटमा परिन् । नेपाल बक्सिङ संघले आयोजना गरेको छनोट प्रतियोगिताको ४८ केजी तौल समूहमा नक्सालकी सुस्मा तामाङ मंगलबार नै झापाकी सुस्मिता राईलाई अंकका आधारमा ३–२ को स्कोरमा हराउँदै छनोट भएकी थिइन् ।

आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म सञ्चालन हुनेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय