+

एन्फा प्रेसिडेन्ट लिगमा स्टार सिटीको लगातार दोस्रो जित

२०७७ चैत  ४ गते २०:४२ २०७७ चैत ४ गते २०:४२
एन्फा प्रेसिडेन्ट लिगमा स्टार सिटीको लगातार दोस्रो जित

४ चैत, नेपालगञ्‍ज । सुदुर पश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिगऔ२०७७ मा लगातार दोस्रो जित हासिल गरेको छ ।

बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीले प्रदेश नम्बर १ को च्याम्पियन सैनिक युथ क्लबलाई २(१ ले पराजित गरेको हो ।

स्टारको जितमा कुलदिप कार्की र रुप बहादुर लामाले गोल गरेका थिए । सैनिकका जिवन गुरुङले गोल गरे । खेलमा म्यान अफ द म्याच सैनिका गोलकिपर एवम कप्तान किशोर गिरी घोषित भए ।

सुदूरपश्चिमको स्टार सिटीले दुइ खेल जित्दै ६ अंक जोड्न सफल भएको छ । स्टारले पहिलो खेलमा प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३(० ले हराएको थियो ।

स्टार सिटीका प्रशिक्षक ललित चन्दले दोस्रो जितले टोलीको आत्मविश्वास बलियो बनेको बताए । झापाजस्तो टोलीलाई जित्नु प्रतियोगिताको ठुलो उपलब्धी भएको बताउँदै ललितले भने,‘हामी खुसी छौं झापाको टोलीलाई हराउन पाउँदा । झापा नेपाली फुटबलकै बलियो टोली हो । एन्फा लिग जित्दै राष्ट्रिय लिग खेल्ने हाम्रो लक्ष्य हो । त्यसमा हामी केन्द्रित भएर खेलिरहेका छौं । टोलीमा सिनियर र युवा खेलाडीको संयुक्त रुपमा मिश्रित टिम छ । यसले हामीलाई प्रतियोगितामा च्याम्पियन बन्न सहयोग गर्ने विश्वास छ।’

मोफसलको टिमलाई एन्फाले प्रतियोगिता गरेर एउटा उत्कृष्ट सुरुआत गरेको प्रशिक्षक चन्दले बताए ।

एन्फा प्रेसिडेन्ट लिग स्टार सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय