+
+

रोकियो कोरोना खोप अभियान

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ४ गते २०:५५

४ चैत, काठमाडौं । नेपालमा हाल सञ्चालित कोरोना खोप अभियान स्थगित भएको छ । भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्माले बताए ।

भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि १४ माघबाट खोप अभियान सुरु भएको थियो । फ्रन्टलाइनरलाई खोप लगाएपछि सरकारले सेरमसँग २० लाख डोज खरिद गर्न अग्रिम भुक्तानीसमेत गरेको थियो । त्यसमध्ये १० लाख डोज आएपछि फागुन २३ देखि ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिन सुरु गरिएको थियो ।

शर्माका अनुसार बुधबारसम्म १६ लाख ७३ हजार २२७ जनाले कोरोना खोप लगाएका छन् ।

तर सेरमले दिन बाँकी १० लाख डोज खोप दिन आनाकानी गरेपछि खोप अभियान नै रोकिएको छ । पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ गतेदेखि दोस्रो डोज दिनुपर्ने भएकाले खोप सुरक्षित गर्नु परेको खोप शाखाका प्रमुख डा. शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?