+
+

माधव नेपाल समूहका सांसदहरुको छुट्टै भेला

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ५ गते ११:१०

५ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुको छुट्टै भेला शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो समूहका सांसदहरुको भेला सुरु भएको हो ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाए पछि यो समूहका सांसदहरु छलफलमा जुटेका हुन् । ओलीले बोलाएको बैठकमा नजाने बताइसकेको यो समूहका सांसदहरु आफ्नोतर्फको योजना बनाउन छलफलमा जुटेका हुन् ।

ओलीले बालुवाटारमा दलको बैठक बोलाएका छन् । एमालेभित्र विवाद बढ्दै गएपछि नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला हेरिटेज गार्डेनमा हिजोबाट सुरु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?