
५ चैत, काठमाडौं । पक्राउ परेको ४० वर्षपछि भारतीय जेलबाट छुट्न लागेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई लिन इलाममा रहेका परिवारका सदस्य कोलकातातर्फ गएका छन् ।
दुर्गाप्रसादलाई उनका नजिकका नातेदार प्रकाशचन्द्र तिम्सिनाको जिम्मा लगाउन बुधबार साँझ उच्च अदालत, कोलकाताले आदेश दिएको थियो । त्यसपछि प्रकाशसहितको टोली कोलकातातर्फ लागेको हो ।
प्रकाशका अनुसार उनीहरु बिहीबार बिहानै नेपालबाट हिँडेका छन् र शुक्रबार बिहान कोलकाता पुग्नेछन् । त्यहाँ रिहाइको प्रक्रिया पूरा गरेपछि उनीहरु दुर्गाप्रसादलाई लिएर इलाम आउनेछन् । कोलाकातास्थित नेपाली महावाणिज्य दूतावासका निजी सचिव सतिश थापाका अनुसार प्रकाशचन्द्र समयमै पुगे, दुर्गाप्रसाद शुक्रबारै नेपाल फर्किनेछन् ।
अदालतले दुर्गाप्रसादको मानसिक स्वास्थ्यलाई देखाउँदै उनलाई छाड्न आदेश दिएको थियो । दुर्गाप्रसादलाई दमदम कारागारमा राखिराखेर न्यायको कुनै औचित्य पूरा नहुने अदालतले ठहर गरेको थियो ।
१९ वर्षको हुँदा इलामस्थित घरबाट निस्किएका उनी त्यसपछि हराएका थिए । दार्जिलिङ गएका वेला उनी ज्यान मुद्दामा पक्राउ परेर विभिन्न ठाउँमा घुमाइँदा परिवार बेखबर रह्यो । उनको पक्षमा पैरवी गर्ने व्यक्ति पनि नहुँदा मुद्दा पेन्डिङमा रहीरह्यो ।
अदालतले उनलाई मानिसक स्वास्थ्य जाँच गराएर ल्याउन भनेको थियो । तर, जाँचविनै उनलाई कारागारमा राखिएको थियो ।
यो पनि पढ्नुहोस् :
प्रतिक्रिया 4