+
+

सीटीईभीटीको परीक्षामा चिट चोर्न सघाएको आरोपमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ६ गते १६:५६

६ चैत, जनकपुरधाम । सीटीईभीटीको परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सघाएको आरोपमा जनकपुरधामबाट प्रहरीले शुक्रबार पाँच जनालाई पक्राउ गरेको छ ।

जनकपुरधामस्थित एक परीक्षा केन्द्रमा अनुगमन गर्न खटिएको टोलीले परीक्षा हलमा अत्याधिक चिट फेला पारेपछि यसको अनुसन्धान गरिएको थियो । अनुसन्धानको क्रममा फोटोकपी गर्ने व्यक्तिले नै चिट तयार गरिदिने रहस्य खुलेको थियो । सोही अनुसन्धानको आधारमा जनकपुरधामको मुरली चोक र भैरव चोकबाट पाँच जना फोटोकपी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-३ का रोहित गुप्ता, मनोज श्रेष्ठ, वडा नम्बर-४ का विजयकुमार साह, वडा नम्बर-५ का कौशलकिशोर साह र जयकुमार साह छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रबक्ता मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?