Comments Add Comment

युभेन्ट्स घरेलु मैदानमै बेनेभोन्टोसँग पराजित

काठमाडौं । इटालियन सिरी ए को साविक विजेता युभेन्ट्स घरेलु मैदानमा बेनेभेन्टोसँग पराजित भएको छ । आइतबार भएको खेलमा युभेन्ट्स बेनेभेन्टोसँग १-० ले पराजित भयो ।

बेनेभेन्टोलाई जित दिलाउन एडोल्फो गाइचले निर्णायक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा बेनेभेन्टोले एक गोल गर्दै खेल जित्यो । खेलको ६९ औं मिनेटमा एडोल्फोले निर्णायक गोल गरेका हुन् ।

घरेलु मैदानमा हारेपछि युभेन्ट्स एसी मिलानलाई पछि पार्दै दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

युभेन्ट्सले २७ खेलबाट ५५ अंकसहित तेस्रो स्थानमा यथावत छ । बेनेभेन्टो २८ खेलबाट २९ अंक जोड्दै १६ औं स्थानमा रहेको छ ।

अर्को खेलमा एट्लान्टाले हेलास भेरोनालाई २-० ले पराजित गर्दै युभेन्ट्स समान ५५ अंक जोडेको छ । तर गोलअन्तरमा पछि रहेको एटलान्टा चौथो स्थानमै छ । एटलान्टाको जितमा रुस्लान मालिनोभ्स्की र डुभान जापाटाले एक एक गोल गरे ।

सिरी ए कै अन्य खेलमा लाजियोले उडिनेसीलाई तथा साम्पडोरियाले टोरिनोलाई समान १-० ले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment