
९ चैत, काठमाडौं । नाइजरको दक्षिणपश्चिम क्षेत्रमा हतियारधारी समूहले गरेको आक्रमणमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार नाइजरको तहोउवा क्षेत्रको तीन गाउँमा आइतबार अज्ञात हतियारधारी समूहले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो ।
उक्त क्षेत्र मालीसँग सीमा जोडिएको छ । प्रहरीले भने आक्रमणमा इस्लामिक स्टेट आईएसको हात रहेको दाबी गरेको छ । उक्त क्षेत्रमा आईएसले विभिन्न आतंकवादी गतिविधि गर्दै आएको छ । टिलियाका मेयर अल्फोजाजी इसिन्टागले कम्तीमा ६० जनाको मृत्यु भएको बताए । यद्यपि मृतक संख्याबारे अझै यकिन नभएको उनको भनाइ छ ।
पछिल्लो समय नाइजरमा हिंसात्मक घटना उल्लेख्य मात्रामा बढेका छन् । एक साताअघि मात्र टिलाबेरी क्षेत्रमा अज्ञात समूहको आक्रमणमा परी ५८ जनाको मृत्यु भएको थियो ।
एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4