Comments Add Comment

सैनिक युथले धम्बोझीलाई हरायो, स्टार सिटी र धादिङ समाजले अंक बाँडे

९ चैत, नेपालगन्ज । झापाको सैनिक युथ क्लबले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सोमबार घरेलु टोली धम्बोझी क्लब बाँकेलाई ३-२ ले पराजित गरेको छ ।

नेपालगन्ज रंगशालमा भएको खेलमा सैनिकको जितमा सुनिल खड्काले २०औं, सुशील लामाले ३३औं र जीवन गुरुङले ४८औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट पुर्ण गुरुङले पाँचौ र बिसन गुरुङले ८० औं मिनेटमा गोल गरेका थिए । खे

लमा सैनिक युथका जीवन गुरुङ म्यान अफ द म्याच घोषित भए ।

अर्को खेलमा स्टार सिटी युथ क्लब कैलालीले धादिङ समाज धादिङसंग १-१ को बराबरी खेल्दै अंक खोसेको छ । खेलको अन्त्यतिर दीपकराज सिंह ठकुरी गोल गरेपछि स्टार सिटीले हार टारेको हो । उनले इन्जुरी टाइममा गोल गरेका थिए ।

त्यसअघि धादिङको तर्फबाट उमेश राईले ५३ औं मिनेटमा गोल गरेका थिए । खेलमा धादिङका अनिल तामाङ म्यान अफ द म्याच घोषित भए ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, वागमती प्रदेशको धादिङ समाज धादिङ, गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशको धम्बोझी क्लब बाँके, कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । प्रतियोगिताको उत्कृष्ट सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment