Comments Add Comment

सात वर्षपछि लिबियास्थित दूतावास खोल्दै फ्रान्स

११ चैत, काठमाडौं । फ्रान्सले लिबियास्थित दूतावास सात वर्षपछि पुनः खोल्ने निर्णय गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले आगामी सोमबारबाट लिबियाको राजधानी त्रिपोलीमा रहेको फ्रान्सेली दूतावास खोल्ने जानकारी दिएका छन् ।

लिबियाको नयाँ सरकारलाई समर्थन गर्दै दूतावास खोल्ने निर्णय गरिएको म्याक्रोंले बताएका हुन् । लिबियामा मार्च १६ देखि प्रधानमन्त्री अब्दुल हामिद डिबेइबाहको नेतृत्वमा एकल सरकार बनेको छ । यसअघि पूर्वी र पश्चिमी क्षेत्रमा फरकफरक नेतृत्वको सरकार थियो ।

यो सरकार बनेसँगै १० वर्षको हिंसापछिको संक्रमणकालीन अवस्था पनि सकिएको छ । फ्रान्सका राष्ट्रपतिले लिबियाको सार्वभौमिकता र स्थायित्वको मुद्दामा जे गर्न पनि तयार रहेको बताएका छन् ।

लिबियाका प्रेसिडेन्सी काउन्सिलका प्रमुखसँगको कुराकानीमा म्याक्रोंले भने, ‘सोमबार त्रिपोलीको हाम्रो दूतावास पुनः खुल्नेछ र हाम्रा राजदूत पनि तपाईंको भूमिमा आउनेछन् ।’

सन् २०१४ मा त्रिपोलीमा द्वन्द्व भड्किएसँगै फ्रान्सले ५० फ्रान्सेली तथा बेलायती नागरिकको उद्धार गर्दै दूतावास बन्द गरेको थियो । सन् २०११ मा लिबियाका शासक मुअमर गद्दाफीको पतनसँगै लिबियामा अशान्ति सुरु भएको थियो ।
एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment