+
+
Shares

दक्षिणकाली मन्दिर परिसरमा सनराइजको क्यूआर कोड सेवा

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १२ गते १७:५७

१२ चैत, काठमाडौं । सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको छ ।

मन्दिर परिसरको बजारमा बिहीबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेंलले क्यूआर कोड सेवाको शुभारम्भ गरेका छन् ।

क्यूआर कोड भुक्तानी सेवा सुरु भएसँगै उपभोक्ता तथा भक्तजनले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलहरुमा पूजा सामाग्री, चिया नास्ता तथा अन्य सामग्रीको खरिद रकमको भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकहरुको सहजताका लागि बैंकले मन्दिर परिसरमा फ्रि वाइफाइको समेत व्यवस्था गरेको छ । ग्राहकहरुले दक्षिणकाली मन्दिर परिसरमा रहेको अधिकांश पसलहरुमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुबिधा लिनसक्ने बैंकले जनाएको छ । सनराइज बैंक र दक्षिणकाली क्षेत्र विकास समितिको सहकार्यमा मन्दिर परिसरमा क्यूआर कोड मार्फत भुक्तानी कारोबारको सुरुवात भएको बैंकले जनाएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कंडेल, दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उपमयेर बसन्ती तामाङ, दक्षिणकाली क्षेत्र विकास समितिका अध्यक्ष शंकरमान महर्जन, सनराइज बैंकका सञ्चालक शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, बैंकका वरिष्ठ पद्याधिकारीहरु लगायत दक्षिणकाली क्षेत्र विकासका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ताहरुको आकर्षण बढ्दै गएको बैंकले जनाएको छ ।

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढंगले अगाडि बढाइरहेको बैंकले जनाएको छ । सोही क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीहरुमा, त्रिनगर कृषि हाटबजार, धनगढी लगायत देशका विभिन्न ठाउँमा क्यूआर कोड भुक्तानीको व्यवस्था गर्दै आएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?