+
+
Shares

काठमाडौंमा आँखा पोल्ने वायु प्रदूषण

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १३ गते २१:१०

१३ चैत, काठमाडौं । शुक्रबार एक्कासी काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढाकेको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्कँदा आँखा पिरो हुने समस्या देखिएको छ ।

जल तथा मौसमविद् ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदूषित भएको हो ।

पानी पर्नका लागि न्यून चाप भएको क्षेत्रमा हावाले बादल लिएर आउनुपर्थ्यो, त्यसको साटो वायुले धुलो र धुवाँ लिएर आएको उनले बताए । ‘अत्तरियादेखिको हावा काठमाडौं आइपुगेको छ, भारतको उत्तरप्रदेश, बिहार हरियाणासम्म वायुमण्डल धुलोले ढाकेको छ’ उनले भने ।

हिजोआज ४०० भन्दा बढी वन डढेलोको घटना भएको र त्यहाँबाट उडाएको धुवाँले गर्दा वायु प्रदूषण भएको दाहालले बताए ।

वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीले पनि डढेलो र अरु प्रदूषणका कारण वायुको गुणस्तर बिग्रिएको बताए । ‘डढेलो लागेर हो कि भन्ने अनुमान छ’ उनले भने, ‘अहिले हावा पनि चलेको छैन, हावा चलेमा प्रदूषण कम हुनसक्छ ।’

काठमाडौंको भैंसेपाटी क्षेत्रमा वायुको गुणस्तर ४७० एक्युआई (एयर क्वालिटी इन्डेक्स) देखिएको छ । त्यस्तै भक्तपुरको ३०५, कीर्तिपुरको २२१ रहेको छ ।

यस्तो बेलामा घर बाहिर ननिस्कने र धुवाँधुलो हुने गतिविधि नगर्नु नै उपयुक्त विकल्प भएको विभागका उपमहानिर्देशक जोशी बताउँछन् । ‘यसलाई मौसमले मात्र बचाउन सक्छ, हामी सबैले मिलेर सामना गर्‍यौं भने यसबाट बच्न सक्छौं’ उनले भने ।

मौसम पूर्वानुमान महाशाखाले पनि वरपरको क्षेत्रमा डढेलो लागेका कारण मौसम बिग्रिएको अनुमान गरेको छ । ‘धुलोका कणहरु त केही दिनदेखि वायुमण्डलमा थिए, अहिले डढेलोका कारण भिजिविलिटी कम भएको अनुमान गरेका छौं’ मौसमविद् राजु प्रधानांगले भने ‘यसबारे हामी कन्फर्म हुनसकेका छैनौं ।’

 

तस्वीरहरु : विकास श्रेष्ठ र आर्यन धिमाल/अनलाइनखबर

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?