+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपाल-ओमान साहित्य र प्रकृति

रासस रासस
२०७७ चैत १५ गते १२:२०

१५ चैत, काठमाडौँ । ओमानस्थित नेपाली राजदूतावासले शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ ।

काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिने अभिप्रायले आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेखी नेपाली पर्यटन र साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानस्वरूप ओमानी नागरिक स्व मोहम्मद अल हार्थीलाई मरणोपरान्त सम्मान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ओमानस्थित नेपाली राजदूत शर्मिला पराजुलीले स्व. हार्थीको नेपाल भ्रमण तथा लेखनबारे प्रकाश पारिन् । उनले स्व हार्थीको सम्मानमा उनकी छोरी तथा बालचित्र पुस्तक लेखिका एवं प्रकाशक इब्तिहाज अल हार्थीलाई सम्मानपत्र प्रदान गरिन् । साथै उनले स्व. हार्थीप्रति समर्पित वेबसाइटको शुभारम्भ गरिन् ।

कार्यक्रममा प्रा. तुल्सी दिवसले स्व. ओमानी लेखकप्रति सम्मान व्यक्त गर्ने अवसर प्राप्त भएकामा खुशी व्यक्त गर्दै कविताका माध्यमबाट मानिसलाई कसरी प्रकृतिसँग आबद्ध गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना विचार व्यक्त गरे ।

मध्यपूर्वको मरुभूमि इम्पिटी क्वार्टर पार गरेकी ओमानी नागरिक श्री बैदा अल जद्जाली तथा श्री जेनी मेक्गीलले आफ्नो साहसिक यात्राका बारेमा अनुभव बाँड्दै स्व हार्थीको लेखनबाट नेपालको बारेमा जान्ने मौका प्राप्त भएको बताइन् ।

कवि नवराज पराजुलीले पुस्तक भाषानुवादसम्बन्धी आफ्ना अनुभव साट्दै मोहम्मद अल हार्थीको योगदानबारे चर्चा गरे  ।

कार्यक्रममा प्रथम ओमानी महिला सगरमाथा आरोही नादिरा अल हार्थी, इन्टरनेशनल डिप्लोमेसी एण्ड प्रोटोकल अध्ययन संस्थानका अध्यक्ष श्री इनेस पिरेस, लेखिका लक्ष्मी कोथानेथ लगायत करिब ५० जनाको सहभागिता थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?