Comments Add Comment

निराजनलाई म्यानेजर राखेर मुम्बई लागिन् निरुता

नेपाली चलचित्रका कलाकारले म्यानेजर, बडिगार्डको आवश्यकता महशुश गर्न थालेका छन् । विशेषगरि, यूवापुस्ताका कलाकारले म्यानेजर राख्न थालेको देखिन्छ । नायक पल शाहको म्यानेजरको चर्चा हुन थालेको छ । नायक राजेश हमालले त लामो समयदेखि सहयोगी नै राख्दै आएका छन् ।

नेपाली फिल्म क्षेत्रमा लामो समय बिताएकी अभिनेत्री निरुता सिंहले पनि म्यानेजर नियुक्ती गरेकी छिन् । उनले, निराजन गिरीलाई म्यानेजर नियुक्त गरेकी हुन् । म्यानेजर नियुक्ती गरेर निरुता मुम्बइतर्फ लागेकी छिन् । उनी, नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा सहभागी हुन फागुणको २७ गते नेपाल आएकी थिइन् ।

२ बर्षदेखि ‘दि सुपर काजोल फिल्मस्’मा म्यानेजरको रुपमा काम गर्दै आएका निराजनले अब निरुताको काममा सहयोग गर्नेछन् । मुम्बइका बसेर नेपालमा चलचित्र, विज्ञापन र विभिन्न प्रोजेक्टको लागि कुराकानी गर्न गाह्रो भएपछि निरुताले निराजनलाई म्यानेजरको रुपमा नियुक्त गरेकी हुन् ।

निरुताले मुम्बई उड्नुअघि भनिन्–‘चाडै नै नयाँ प्रोजेक्टका लागि नेपाल आउनेछु । अब, नेपालमा मैले गर्ने कुनै प्रोजेक्टको बिषयमा कुराकानी निराजनले गर्नेछन् ।’ उनले, मिडियालाई आफ्ना बारेमा नयाँ अपडेट पनि म्यानेजर गिरीले नै गराउने बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment