Comments Add Comment

एनभीए क्लब लिग भलिबल : न्यू डायमण्ड र पुलिस विजयी

१९ चैत, काठमाडौं । न्यू डायमण्ड स्पोर्टस् क्लब र विभागीय टिम नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा बिहीबार भएको उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो खेलमा न्यू डायमण्डले ढोरपाटनलाई २५–६ २५–२ र २५–५ को सेटमा हराएको हो ।

यस्तै पुरुषतर्फ पुलिसले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सेटमा हराएर पुलिसले सुखद शुरुवात गरेको छ ।

राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको पुलिसले नयाँबजारलाई २५–९, २५–२१ र २५–१६ को सेटमा हरायो । प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द तथा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यू डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् रहेका छन् ।

नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगिता सिंगल राउण्ड रोविनको आधारमा हुनेछ र लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार, तेस्रो हुनेले ७६ हजार र चौथोले ३७ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले २५–२५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले १०–१० हजार पाउनेछन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment