Comments Add Comment

बेनिशाले साइन गरिन् नयाँ फिल्म

चलचित्र ‘भाडाकुटी’ साइन गरेर बसेकी नायिका बेनिशा हमालले नयाँ चलचित्र साइन गरेकी छिन् । उनले, चलचित्र ‘प्रेमगन्ज’मा काम गर्ने पक्का गरेकी हुन् । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका लागि केही कलाकार अडिसनबाट पनि छनोट भैसकेका थिए ।

चलचित्रमा कलाकार तेज गिरी र नायिका बेनिशा हमालले काम गर्ने पक्का भएको निर्माणपक्षले बताएको छ । परिच्छेद सेनको निर्देशनमा तयार हुने चलचित्रलाई त्रिकोणात्मक प्रेम कथामा निर्माण गरिनेछ । सेन विगत १५ बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा लागिरहेका छन् ।

यो चलचित्रका लागि यसअघि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल अडिसनबाट छनोट भैसकेका थिए । चलचित्रमा संजय लामाको छायांकन रहनेछ । राजु फुयाँल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । चलचित्रको छायांकन चाडै नै सुरु गर्ने योजनामा यसको निर्माणपक्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment