Comments Add Comment

विद्युतीय कार बिक्रीमा टेस्लाको रेकर्ड, ३ महिनामै पाए पौने २ करोडले नयाँ कार

२३ चैत, काठमाडौँ । विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले नयाँ कार निर्माण तथा बिक्रीमा नयाँ रेकर्ड कायम गरेको छ । विश्लेषकको अनुमानलाई फेल खुवाउँदै टेस्लाले गत जनवरीदेखि मार्चसम्मको त्रैमासिक अवधिमा पौने २ करोडभन्दा बढी विद्युतीय कार ग्राहकको हातमा पुर्‍याउन सफल भएको हो ।

चीनमा टेस्ला कारको मोडेल वाइ निकै लोकप्रिय बनेर माग उच्च हुनु र कारखानाबाट पूर्ण क्षमतामा उत्पादन भएबाट आफूहरु उत्साहित भएको एक विज्ञप्तिमार्फत् टेस्लाले जनाएको छ । टेस्लाका अनुसार एस र एक्स मोडेलका कार पनि ग्राहकले मन पराएका छन् भने उक्त कारको माग तीव्र बनेको छ।चीनको सांघाइमा रहेको कारखानाबाट गत वर्षको अन्त्यतिर मात्रै कार उत्पादन थालिएको थियो। हालसम्म उक्त कारखानाले मोडेल थ्री सेडान समेत उत्पादन गरिसकेको छ।

गत फेब्रुअरीमा चिनियाँ नयाँ वर्षको समयका बाबजुत पनि टेस्लाका गाडीको माग उच्च देखिएको थियो। सामान्यतया: नयाँ वर्षको दिन विदा हुने भएकाले चीनमा गाडी कम्पनीहरुमा ग्राहकको चाप घट्ने गर्दछ।

रिपोर्ट अनुसार जनवरीदेखि मार्चसम्मको अवधिमा टेस्लाले १ करोड ८४ लाख ८ सय वटा कार ‘डेलिभर’ गर्न सफल भएको छ । जबकी यस त्रैमासिकमा टेस्लाले अधिकतम करीव १ लाख ७७ हजार वटा कार डेलिभर गर्न सक्ने यसअघिको प्रक्षेपण थियो ।

स्मरण रहोस् सन् २०२१ को पहिलो त्रैमासिकमा कार विक्रिमा किर्तिमान कायम गरेको टेस्लाले सन् २०२० को अन्तिम त्रैमासिकमा भने १ लाख ८० हजार ५७० वटा कार ग्राहकको हातमा पुर्‍याउन सफल भएको थियो ।

गत फेब्रुअरीमा पाटपुर्जाको अभावका कारण क्यालिफोर्नियाको कारखाना दुई दिनसम्म बन्द गर्नुपर्दा समेत पहिलो त्रैमासिकमा कार उत्पादनमा कायम भएको रेकर्ड टेस्लाका लागि निकै सुखद परिघटनाको रुपमा अर्थविदहरुले विश्लेषण गरेका छन् ।

यस्तै चालू वर्ष सन् २०२१ मा टेस्लाले साढे ८ लाख भन्दा धेरै कार बेच्न सफल हुने अनुमान गरिएको छ । अमेरिकामा विद्युतीय गाडीलाई प्रवर्द्धन गर्ने बाइडन प्रशासनको नीति तथा विश्वव्यापी बढ्दो मागका कारण टेस्लाका कारको विक्री उच्च हुने अनुमान गरिएको छ ।

रोयटर्सको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment