२६ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा आगामी वैशाखमा हुने त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।
वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल नेदरल्याण्ड्ससंग खेल्नेछ ।
उद्घाटन खेलमै नेपाल र नेदरल्याण्ड्स वैशाख ४ गते खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल मलेसियासँग वैशाख ६ र तेस्रो खेल नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ । लिग चरणको अन्तिम खेल भने वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा लिगपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ ।
सिरिजका लागि क्यानले टिकट मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । यस्तै क्यानले सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गरिरहेको छ ।
बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु
ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमल सिंह ऐरी, सुशन भारी, शाहब आलम, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ, ललित नारायण राजवंशी ।
प्रतिक्रिया 4