Comments Add Comment

लुम्बिनीलाई हराउँदै एपीएफ ललितपुर मेयर्स कपको फाइनलमा

२६ चैत, काठमाडौँ । विभागीय टोली एपीएफ क्लब राजधानीमा जारी ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ४० रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । एपीएफले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा २ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३५ रन जोडिन् । कप्तान नेरी थापाले अविजित २७ रन जोड्दा सरस्वती मगरले अविजित रहदै २१ रन जोडिन् । नितु भण्डारीले १७ रन बनाइन् । एपीएफकी बिनु बुढा र रेखा रावलले १-१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ४७ रनको योगदान गरिन् । कप्तान सीता राना मगरले २८ रन जोड्दा राजमती ऐरीले २३ रन जोडिन् । लुम्बिनीका स्वस्तिका बजगाईं र कृतिका मरासिनीले २-२ विकेट लिए ।

आजै सम्पन्न पहिलो खेलमा प्रदेश–१ ले ललितपुर मेयर्स–११ लाई १५ रनले पराजित गर्‍यो । प्रदेश–१ ले दिएको १ सय २९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय १३ रन मात्र बनाउँदा १५ रनले पराजित हुन पुगेको हो ।

ललितपुरका लागि अनुराधा चौधरीले सर्वाधिक २८ रन बनाइन् । सुमन खतिवडाले २७ रन जोड्दा अश्मिना कर्माचार्यले १२ रन जोडिन् । कप्तान सरस्वती कुमारीले अविजित रहदै १७ रन जोडिन् । प्रदेश–१ की रुबिना क्षेत्रीले ३ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २० ओभरमा २ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । प्रदेश–१ का लागि रोमा थापाले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेलिन् ।

यस्तै अप्सरी बेगमले अविजित २६ रन जोडिन्। कप्तान रुबिना क्षेत्री २१ रन बनाइन् । काजल श्रेष्ठ ८ रनमा आउट भइन् । ललितपुरकी सन्तोषी चौधरी र सरस्वती कुमारीले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment