+

सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज

२०७७ चैत  २७ गते ६:३९ २०७७ चैत २७ गते ६:३९
सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज

२७ चैत, काठमाडौं । विश्वप्रसिद्ध भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमणलाई जित्दै घर फर्किएका छन् ।

उनलाई अस्पतालले बिहीबार साँझ डिस्चार्ज गरेको हो । यद्यपि उनी अझै केही दिन होम क्वारेन्टिमा बस्ने छन् ।

२७ मार्चमा सचिन कोरोनाबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो । उनी दुई अप्रिलमा अस्पताल भर्ना भएका थिए ।

अस्पतालबाट डिस्चार्ज भएपछि सचिनले आफ्ना शुभेच्छुक र उपचारमा संलग्न चिकित्सकहरुप्रति आभार प्रकट गरेका छन् ।

कोरोना संक्रमण सचिन तेन्दुलकर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय