+
+

सर्लाहीको बलरामा आगलागी हुँदा ११ लाखको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २८ गते १९:५९

२८ चैत, जनकपुरधाम । सर्लाहीको बलरा नगरपालिकामा शनिबार दिउँसो भएको आगलागीबाट ११ लाखभन्दा बढीको क्षति भएको छ ।

बलरा नगरपालिका–४ बलरागोठ बस्ने विकाउ सहनीको घरमा विद्युतको तार सर्ट  भएर आगलागी हुँदा उनीसहित तीन जनाको घर तथा घरभित्रका सम्पूर्ण सामान जलेको प्रहरीले जनाएको छ ।

आगलागीले सहनीको घर तथा सबै सामान जल्दा ७ लाख, उनका छिमेकी जैन सहनीको घर जल्दा ३ लाख र अर्का छिमेकी श्यामकान्त झाको घर आशिंक रुपमा जल्दा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?