Comments Add Comment

‘विभूषणमा नयाँ नक्शा किन छुट्यो ? प्रधानमन्त्रीको जवाफ चाहियो’

३० चैत, काठमाडौं । राष्ट्रपतिबाट प्रदान गरिएको विभूषणमा सरकारले गम्भीर त्रुटि गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ ।

सोमबार संसदको विशेष समयमा सचेतक पुष्पा भुसालले विभूषणमा नेपालको संशाेधित नक्शा नराखिएकोमा आपत्ति जनाइन् । भूमि फिर्ता ल्याउन सरकार गम्भीर नभएको, पाठ्यक्रममा समावेश गर्न रोकिएको र नेपाली भूमिमा पूर्वाधार निर्माणका काम भइरहँदा पनि उपयुक्त कदम नचालिएको उनको आरोप छ ।

२७ गते राष्ट्रपतिबाट प्रदान भएको विभूषणमा नयाँ नक्शा नरहेको भन्दै उनले भनिन्, ‘गम्भीर भूल सरकारले किन गरेको छ भन्ने संसदले जान्न खोजेको छ । संसदमा आएर यसको जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment