Comments Add Comment

कोशी अस्पतालमा न्यूराे सर्जरी

३० चैत, विराटनगर । कोशी अस्पताल विराटनगरले जटिल प्रकृतिको न्यूरो शल्यक्रिया गरेको छ । न्यूरो सर्जरी सेवा शुरु गरेको दुई महिनापछि कोशी अस्पतालका चिकित्सकको टोलीले जटिल किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

अस्पतालका न्यूरो सर्जन डा. रोशन खतिवडाको टोलीले रंगेली नगरपालिका–२ का १८ वर्षीय रघुवीर मुडियारीको टाउकोमा पलाएको ट्युमरको सफल शल्यक्रिया गरेको छ । मुडियारीको टाउकोबाट २ किलो ट्युमर निकालिएको डा. खतिवडाले बताए ।

चैत २२ गते अस्पताल भर्ना भएका उनको भोलिपल्ट शल्यक्रिया गरिएको थियो । मुडियारीको अवस्था सामान्य बन्दै गएकाले केही दिनभित्र डिस्चार्ज गर्ने तयारी रहेको उनले बताए ।

उनका अनुसार मुडियारीमा वंशागुणत रोग ‘न्यूरो फाइवो म्याटोसिस टाइप १’ लागेको थियो । यस्तो रोग लाग्दा नशाको ट्युमर बढ्ने उनले बताए । मुडियारीको भने टाउकोमा रहेको ट्यमुर अनियन्त्रित रुपमा बढेको थियो । १८ वर्षीय उनी टाउकोको ट्युमर छोप्न सधैं टोली लगाएर स्कुल जाने गरेका थिए । शल्यक्रिया सफल भएपछि नयाँ जीवन पाएको रघुवीरले बताए ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले न्यूरो सेवा शुरु गरेको दुई महिनामा सफल शल्यक्रिया गरेको भन्दै केही महिनाभित्र थप सेवा विस्तार गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment