Comments Add Comment

सलोनसँग ‘डाँडाको बर पीपल’मा रुविनाको रोमान्स

चलचित्र ‘लभ डायरीज’ मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका रुविना थापाले नयाँ चलचित्र साइन गरेकी छिन् । पहिलो चलचित्र बक्स अफिसमा नचलेपनि रुविनाको करिअर के हुने हो भन्ने अड्कलबाजी चलेको थियो ।

तर, रुविनाले भने शोभित बस्नेतको निर्देशनमा बन्न लागेको चलचित्र ‘डाँडाको बर पीपल’ साइन गरेकी छिन् । यो चलचित्रको छायांकन वैशाखको २२ गतेबाट सुरु हुँदैछ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा यो चलचित्र निर्माण हुन लागेको हो । यो चलचित्रमा उनले नायक सलोन बस्नेतसँग रोमान्स गर्दैछिन् ।

पारिवारिक कथामा बन्न लागेको यो चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, गोविन्द राइको नृत्य निर्देशन रहनेछ । यो चलचित्रको छायांकन ७५ दिनसम्म चल्नेछ । चलचित्रलाई काठमाडौं, कालाबाङ, शे फोक्सुन्डो लगायतका स्थानमा खिचिने निर्माणपक्षले बताएको छ ।

चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्लको पनि मुख्य भूमिका रहनेछ । नायक सलोन बस्नेत र नायिका रुविना थापाको मित्रता बलियो बनिरहेको समयमा उनीहरु एकसाथ चलचित्रमा देखिन लागेका हुन् । केही समय अगाडि आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा पनि सलोन र रुविना एकसाथ पुगेका थिए । उनीहरुले, कार्यक्रममा एकसाथ नृत्य समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment