Comments Add Comment

डा. हरिहर वस्तीलाई मानव अधिकार सम्मान

३० चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले यसवर्षको स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

आयोगको सोमबार बसेको वैठकले डा. वस्तीले आयोगको शवोत्खनन् लगायत मानव अधिकारका दर्जनौं अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मान गर्ने निर्णय गरेको हो ।

डा. वस्तीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लामो समय फरेन्सिक विज्ञको रुपमा काम गरेका थिए । सशस्त्र द्वन्द्वकालीन घटनाहरुको अनुसन्धानमा संलग्न रही मानव अधिकारको क्षेत्रमा उनले योगदान पुर्‍याएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिए ।

आयोगले गत वर्षको मानव अधिकार सम्मान महिला मानव अधिकार रक्षक सञ्जाल नेपालका संस्थापक अधिकारकर्मी डा. रेणु अधिकारीलाई प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment