
२ वैशाख, काठमाडौं । पूर्वपश्चिम राजमार्गस्थित झापाको शिवसताक्षी नगरपालिका–११ मा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बिहीबार बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालक ललितपुर गोदावरी नगरपालिका–७ का २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ललितपुरको गोदावरीस्थित मेक्ससिटी अस्पतालबाट इलाम बिरामी पु¥याएर फर्किने क्रममा बा २१ च ७९८४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका उनको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
एम्बुलेन्स दुर्घटना हुँदा उनीसँगै सवार सोही वडाका २० वर्षीय सन्तोष तामाङ गम्भीर घाइते छन् । दुवैलाई उपचारका लागि विर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएको थियो । घिमिरेको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते तामाङको वीएण्डसीमै उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4