+
+
Shares

एचआईडीसीएलको सीईओमा गौतम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २ गते १५:१३

२ वैशाख, काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को प्रमुख कार्यकारी अधिकृतमा अर्जुनकुमार गौतम सिफारिस भएका छन् । कम्पनीको सीईओ नियुक्त गर्न गठित उपसमितिले गौतमलाई सिफारिस गरेको हो ।

अब उनलाई सञ्चालक समितिले नियुक्ति दिनेछ । १५ दिनभित्र कार्यसम्पादन सम्झौता गर्न भनिएको छ । संखुवासभा स्थायी घर भएका गौतम हाल कर्मचारी सञ्चय कोषमा मुख्य प्रबन्धकको रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?